Thursday, November 13, 2008

प्रधानमन्त्री प्रचण्डले नेपालको जलश्रोत क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपील गर्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपालको जलश्रोत क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपील गर्नु भएको छ । भारतको राजधानी नयाँदिल्लीमा आज बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलश्रोतको विकासपछि मात्र नेपालको समग्र विकास सम्भव भएको बताउनुभयो । नेपालको शान्ति प्रकि्रया अन्तर्राष्ट्रिय समुदायका लागि उदाहरण भएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो । शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर् याउन केही चुनौती बाँकी रहेको पनि प्रधानमन्त्रीले स्विकार गर्नुभयो । आर्थिक क्रान्तिको दिशातर्फ उन्मुख नेपालका लागि बिमस्टेकको मन्च बढी समयसापेक्ष भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । आर्थिक विकासका लागि स्वतन्त्र व्यापारको नीतिमा विश्वस्त नेपालले बिमस्टेकलाई उच्च प्राथमिकता दिएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो । गरिबी तथा आतंकवाद लागुऔषधको ओसारपसार बढ्दो जनसंख्या सँगै खाद्य र उर्जा संकट पनि बिमस्टेक सदस्य राष्ट्रका लागि चुनौती प्रमाणित भएको प्रधानमन्त्रीले बताउनुभयो । यस्ता चुनौतीहरुलाई सदस्य राष्ट्रहरुको पहलमा सामुहिक रुपमा नै सम्बोधन गर्नुपर्ने प्रधानमन्त्रीले बताउनुभयो । दक्षिण एशियाली तथा दक्षिण पूर्वी एशियाली राष्ट्रका जनताबीच सबै खाले सम्पर्क विस्तार गर्ने सबैभन्दा उपयुक्त मन्च बिमस्टेक भएको प्रधानमन्त्रीले बताउनुभयो ।

सभापति शुशील कोइराला चढेको गाडीको ठक्करवाट र्सलाहीमा एक बालकको मृत्यु

नेपाली काँग्रेसका कार्यबहाक सभापति शुशील कोइराला चढेको गाडीको ठक्करवाट र्सलाहीमा एक बालकको मृत्यु भएको छ । कोइराला चढेको बा.२.च. आठ नौ तीन तीन नम्वरको गाडीको ठक्करवाट र्सलाही कर्मैयाका सात वषिर्य वालक बलबहादुर बोटको मृत्यु भएको हो । बोटको मृत्यु पछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् ।