Wednesday, November 12, 2008

संविधान सभा अध्यक्ष सुवास नेम्वाङले आगामी मंसिर १० गतेदेखि संविधान निर्माणको कार्यतालिका सार्वजनिक हुने बताउनुभएको छ ।

संविधान सभा अध्यक्ष सुवास नेम्वाङले आगामी मंसिर १० गतेदेखि संविधान निर्माणको कार्यतालिका सार्वजनिक हुने बताउनुभएको छ । गौरमा आजदेखि शुरु भएको मध्यमान्चल महोत्सवको उद्घाटन गर्दै अध्यक्ष नेम्वाङले कात्तिक २९ गते संविधान सभा नियमावली पारित भएपछि संविधान निर्माण प्रकि्रया शुरु हुने जानकारी दिनुभयो । अध्यक्ष नेम्वाङले मुलुकमा धर्मनिरपेक्ष र समावेशी नेपाल निर्माण गर्ने संविधान बनाउन अब कसैलै रोक्न नसक्ने ठोकुवा गर्दै जनताले फेरी पनि आन्दोलन गर्नु नपर्ने गरी संविधान निर्माण हुने बताउनुभयो । समयमा संविधान नबने दोश्रो जनान्दोलनको मूल लक्ष्य प्राप्त हुन नसक्ने नेम्वाङको भनाई थियो । सभाध्यक्ष नेम्वाङले देशको मूल अभियान संविधान निर्माणको लक्ष्यमा सहभागी हुन उद्यमी व्यवसायीलाई पनि आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले व्यापारका लागि शान्ति सुरक्षा अनिवार्य रहेको बताउनुभयो । मध्यमान्चल महोत्सवमा २ सय ५ वटा व्यापारिक स्टल राखिएका छन् ।

भारतको नयाँ दिल्लीमा आज सम्पन्न बिमस्टेक राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकले यस क्षेत्रका एघार देशमा ब्यापार, बैकल्पिक उर्जा, पर्यटन लगायतका क्षेत्रको बिकासका लागि बिभिन्न केन्द्र स्थापना गर्ने प्रस्ताव

भारतको नयाँ दिल्लीमा आज सम्पन्न बिमस्टेक राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकले यस क्षेत्रका एघार देशमा ब्यापार, बैकल्पिक उर्जा, पर्यटन लगायतका क्षेत्रको बिकासका लागि बिभिन्न केन्द्र स्थापना गर्ने प्रस्ताव गरेको छ । जस अनुसार नेपालमा पर्यटन केन्द्र स्थापना गर्ने निर्णयभएको छ । परराष्ट्र मन्त्रीस्तरीय बैठकले नेपालको पर्यटन प्रबर्धनका लागि बिभिन्न देशहरुसग सहकार्य गर्ने लगायतका बिषयमा छलफल भएको परराष्ट्रमन्त्री उपेन्द्र यादवलाइ उधृत गर्दै नयाँ दिल्लीबाट पत्रकार ऋषि धमलाले जनाएका छन् । यसैवीच परराष्ट्रमन्त्री उपेन्द्र यादवले भारतीय समकक्षी प्रणव मुखर्जीसंग हैदरावाद हाउसमा भेट गर्नुभएको छ । भेटमा द्विपक्षिय हितका बिषयमा छलफल भएको बताइएको छ ।

सरकारद्वारा विभिन्न स्रोतबाट आम्दानी गर्ने व्यक्तिका बारेमा गोप्य सूचना संकलन, कर छल्ने र आम्दानी लुकाएका व्यक्तिहरुलाई कानुनी कारबाहीको तयारी

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो जनआन्दोलन दवाउने क्रममा स्थानीय निकायहरुबाट राष्ट्रिय ढुकुटी दुरुपयोग भएको सम्वन्धमा छानविन गर्न अनुसन्धान अधिकृत तोकेको छ । अख्तियारले मंगलवार बिज्ञप्ति जारी गरि रायमाझी आयोगको प्रतिवेदनका आधारमा जनआन्दोलन दवाउने क्रममा राष्ट्रिय ढुकुटी दुरुपयोग गर्ने स्थानीय निकायका सम्वन्धमा छानविन गर्न प्रतिनिधि तोकेको जनाएको छ । आयोगले उन्नाइस जिल्ला बिकास समितिका तत्कालिन सभापति, आठ नगरपालिकाका प्रमुख, बाह्र नगरपालिकाका कार्यकारी अधिकृत र एक नगरपालिकाको उपप्रमुख लगायतका ब्यक्तिहरुका सम्वन्धमा अनुसन्धान गरि प्रतिवेदन पेश गर्न दस जना अनुसन्धान अधिकृत तोकेको छ । यसैगरि अख्तियारले सरकारका सबै निकायमा पत्र, टिप्पणी एव निर्णर्य गर्दा दस्तखत गर्ने अधिकारीले दस्तखत मुनि अनिवार्य रुपमा आफ्नो नाम तथा पद लेख्ने ब्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई निर्देशन दिएको छ । अख्तियारले र्सार्वजनिक संस्थानमा कर्मचारी छनौटमा स्वच्छ, स्वस्थ र निष्पक्ष रुपमा सम्पादन गर्न छाता कानुन र स्वतन्त्र एव प्रभावकारी आयोग गठनको ब्यवस्थ्ाा मिलाउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ध्यानाकर्ष्ाण गराएको छ ।।

सरकारले समाजमा विभिन्न स्रोतबाट आय आर्जन गरेर करका दायरामा नपरेका सबै खालका व्यक्तिहरुको बारेमा सूचना संकलन गरिरहेको छ । सूचनाको आधारमा उनीहरुमाथि निगरानी राख्ने र आवश्यक प्रक्रिया अघि बढाउनेतर्फअर्थमन्त्रालय गम्भिर भएको छ ।

माओवादी सेनाका प्रमुख पासाङ नेपाली सेनाको प्रधान सेनापति बन्न असम्भव रहेको एमाले महासचिव खनालको भनाई

नेपाल कम्युनिष्ट पार्टीएमालेका महासचिव झलनाथ खनालले क"ग्रेस सहितको सहभागितामा सेना समायोजन विशेष समितिको टुंगो एक दुइ दिनभित्रै लाग्ने बताउनुभएको छ । प्रेस चौतारी बाँकेले नेपालगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले महासचिव खनालले विशेष समितिको सदस्य संख्यामा समेत हेरफेर हुनसक्ने बताउनु भयो । आजदेखि नेपालगंजमा सुरु हुने मध्यपश्चिम क्षेत्रस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्न नेपालगंज पुग्नुभएका महासचिव खनालले माओवादी लडाकुलाई समायोजन गर्न का"ग्रेस नीतिगत रुपमा सहमत भएको र का"ग्रेस सहितको विशेष समितिको अन्तिम रुप दिन प्रधानमन्त्रीलाई जिम्मा दिईएको बताउनु भयो । एक अर्को प्रसंगमा महासचिव खनालले माओवादी सेनाका कमाण्डर पासाङ्ग प्रधान सेनापति बन्न असम्भव रहेको बताउनु भयो । केही दिन पहिले स्थायी समिति सदस्य एवं गृह मन्त्री वामदेव गौतमले सेना समायोजनपछि पासाङ नेपाली सेनाको प्रधानसेनापति बन्न सक्ने बताउनु भएको थियो । त्यसलाई खण्डन गर्दै महासचिव खनालले एउटा लडाकु शक्तिका प्रमुख नेपाली सेनाको प्रमुख बन्ने कुरा असम्भव भएको बताउनु भयो । संविधानसभाको निर्वाचनमा आफुले अपेक्षा गरे अनुरुप परिणाम नआएकोले वैचारिक र राजनीतिक रुपले पार्टीलाई शुद्धिकरण गरेर दुइ वर्षभत्र नेकपा एमालेलाई देशकै ठूलो पार्टीका रुपमा स्थापित गर्ने दाबी पनि उहा"ले गर्नुभयो ।।

डाफुर्र क्षेत्रमा युद्धविरामको घोषणा

सुडानका राष्ट्रपति ओमार हस्सान अल बसिरले देशको पश्चिममा पर्ने डार्फुर क्षेत्रमा तत्काल लागू हुने गरी युद्धविरामको घोषणा गर्नुभएको छ । बसिरले उहाँको सरकारले लडाकुहरुलाई निशस्त्र पार्ने शुरु गर्ने र सशस्त्र फौजहरुलाई अस्त्र प्रयोग गर्नबाट रोक्ने बताउनुभएको छ । यद्येपी व्रि्रोही लडाकुहरुले द्वन्द्व समाधानका लागि भएका प्रयासहरुमा भाग लिएका छैनन् भने सरकारी युद्धविरामप्रति समेत सहमति व्यक्त गरेको छैनन् । यसअघिको युद्धविराम पनि असफल भएको थियो । बसिरविरुद्ध अन्तर्राट्रय फैजदारी अदालतका वकिलले पक्राउ पूर्जी जारी गर्नका लागि प्रक्रिया अघि बढाएपछि उहाँमाथि डार्फुरको द्वन्द्व समाधान गर्न चर्कोरुपमा अन्तर्रराट्रय दवाव परेको छ । अदातलका वकिलले गत जुलाइ महिनामा उहाँबिरुद्ध डार्फुर क्षेत्रमा नरसंहार, युद्ध अपराध तथा मानवताविरुद्धको अपराध गरेको भन्दै मुद्दा चलाउने प्रक्रिया अघि बढाउन खोजेका थिए । सन् २००३ देखि शुरु भएको डार्फुरको द्वन्द्वमा तीन लाख मानिसको मृत्यु भएको छ भने बीस लाख भन्दा बढी मानिस घर छाडेर भाग्न बाध्य भएका छन् ।।