Monday, November 10, 2008
आजको व्यवस्थापिका बैठकमा नेपाली कांग्रेस अघि सारेका मागका प्रधानमन्त्री प्रचण्डले सरकारको धारणु राख्दै हुनुहुन्छ ।
तोकिएकै समयमा संविधान लेखिने प्रधानमन्त्रीको प्रतिबद्धता, समयमा लेख्न नसके जनताको हार हुने प्रधानमन्त्रीको टिप्पणी
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार समयमा नै संविधान लेख्न प्रतिवद्ध रहेको बताउनुभएको छ । समयमा नै संविधान निर्माण गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाउन गएको नेपाल पत्रकार महासंघको टोलीसँगको भेटमा उहाँले शान्ति प्रकृयालाई निष्कर्षा पुर्याएर समयमा नै संविधान लेख्न थुप्रै चुनौती भए पनि सवै चुनौती पन्छाएर संविधान लेख्न सरकार प्रतिवद्ध रहेको दोहोर्याउनुभयो ।
समयमै संविधान लेख्न नसकिए जनताको हार हुने प्रधानमन्त्रीको भनाई थियो । विगतमा जस्तै अहिले पनि राजनीतिक क्षेत्रमा बिसंगती देखा परेको भन्दै उहाँले त्यस्तो विसंगतिको प्रवृत्ति विरुद्ध जनताको मोर्चा बन्नु पर्ने बताउनुभयो ।
उहाँले लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन तथा गणतन्त्र स्थापनाका लागि नेपाल पत्रकार महासंघले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । संविधानसभा निर्वाचन सम्पन्न भएको ७ महिना वितिसक्दा पनि संविधान लेखन प्रकृया सुरु नभएकाले आम जनतामा निराशा बढेकोले तत्काल संविधान लेखन प्रकृया थाल्न माग गर्दै महासंघले प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको थियो । संविधान निर्माण प्रकृया अबिलम्ब सुरु गराउन दवाव दिने उद्देश्यले महासंघले कार्तिक २० गतेदेखि मंसिर १५ गतेसम्मका लागि विभिन्न दवावमुलक कार्यक्रम घोषणा गरेको छ ।।