Saturday, November 8, 2008

पत्रकार महासंघको ज्ञापनपत्र संविधानसभा अध्यक्ष सुभाष नेम्वाङलाई

नेकपा एमाले महासचिव झलनाथ खनालले दलहरुमा राष्ट्रिय हितभन्दा अत्माकेन्द्रित चिन्तन देखा परेकाले संविधान निर्माण प्रक्रियामा ढिलाई भएको बताउनुभएको छ । नयाँ संविधान निर्माण प्रक्रिया अघि बढाउने उद्देश्यले दवाव दिन नेपाल पत्रकार महासंघले दिएको ज्ञापनपत्र बुझ्दै महासचिव खनालले संविधानसभा निर्वाचनपछिको समय उपयोगी बन्न नसकेको बताउनुभयो । महासचिव खनालले नयाँ संविधानमा प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासंघले आज मधेशी जनअधिकार फोरम र सद्भावना पार्टीलाई पनि ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै सद्भावना पार्टीका अध्यक्ष एवम् उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री राजेन्द्र महतोले संविधान निर्माण प्रक्रिया शुरु नभए तेस्रो जनआन्दोलन हुनसक्ने चेतावनी दिनुभयो । महासंघले यस अघि कँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र संविधानसभा अध्यक्ष सुभाष नेम्वाङलाई ज्ञापनपत्र बुझाइसकेको छ ।।

उपराष्ट्रपति परमानन्द झाले आफूले बोलेका विषयमा संविधानसभामा कुरा उठॆमा त्यसको जवाफ दिन आफु तयार रहेको बताउनुभएको छ ।

उपराष्ट्रपति परमानन्द झाले आफूले बोलेका विषयमा संविधानसभामा कुरा उठॆमा त्यसको जवाफ दिन आफु तयार रहेको बताउनुभएको छ । मधेशी वुद्धिजीवी फोरमले आज विराटनगरमा गरेको कार्यक्रममा वोल्दै उपराष्ट्रपति झाले यस्तो बताउनुभएको हो । उपराष्ट्रपति झाले घण्टैपिच्छे कुरा बदल्ने दलहरुको प्रवृत्ति देशका लागि हितकर नहुने पनि टिप्पणी पनि गर्नुभयो । सेना समायोजन विशेष समितिका विषय उपराष्ट्रपतिले बोलेका कुरालाई दलहरुले आलोचना गरिरहेका छन् । त्यस अवसरमा उहाले सरकार र मधेशवादी दलविच संविधान सभा निर्वाचन अघि भएको सहमति कार्यान्यवन हुनु पर्ने वताउनु भयो । उहाले सहमति कार्यान्वयन गराउन मधेशी वुद्धिजिविहरु सचेत र जागरुक हुनुपर्ने वताउनु भयो ।विभेदकारी मानसीकताका कारण हिन्दी भाषा उपेक्षामा परेको गुनासो गर्दै उपराष्ट्रपति झाले हिन्दीभाषालाई मान्यतादिन वुद्धिजिविहरुको अहम भुमिका हुने पनि वताउनु भयो । उहाले संविधानसभामा सभाषदलाई ह्वीप जारी गर्नु मानव अधिकारको हनन भएको वताउनु भयो । दलगत स्वार्थका लागि सभासदलाई ह्वीप जारी गर्दा मानव अधिकार कुण्ठीत हुने उहाँको तर्क थियो । व्रम्हकुमारी राजयोग सेवा केन्द्रले गरेको राष्ट्र शान्ती मोटरसाइकल र् यालीको उद्घाटन गर्न उपराष्ट्रपति झा हिजो विराटनगर आउनुभएको थियो ।

दलहरुकै असहमतीका कारण सिबंधान निर्माणमा ढिलाई

संविधान निर्माणमा कि्रयाशिल हुन दबाब दिन पत्रकार महासंघले आजै एमालेलाई पनि ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै एमाले महासचिब झलनाथ खनालले दलहरुकै असहमतीका कारण सिबंधान निर्माणमा ढिलाई भएकॊ बताउनुभएको छ । महासचिब खनालले दलहरुमा आत्म केन्द्रीत चिन्तन रहेको स्वीकार गर्नुभयो । उहाँले संबिधानसभा निर्बाचनपछिको सात महिना उपयोगबिहिन भएकामा आफुलाई दुःख लागेको बताउनुभयो । संबिधानसभा नियमावलीको टुङ्गो लागेपछि तत्काल संबिधान निर्माण प्रकि्रयाले गति पाउने महासचिब खनालको भनाई थियो ।
 
ज्ञापनपत्र बुझाउँदै नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले अब बन्ने संबिधानमा प्रेस स्वतन्त्रतालाई अपरिवर्तनिय धाराको रुपमा राख्न महासचिब खनालसंग आग्रह गर्नुभएको थियो । महासचिब खनालले एमाले संधै प्रेस स्वतन्त्रताको पक्षमा रहेको र आगामी दिनमा पनि रहने आश्वासन दिनुभएको छ । संबिधान निर्माणमा ढिलाई भएको भन्दै महासंघले यहि कात्तिक २० गतेदेखि बिभिन्न राजनितिक दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएर सजग गराउँदै आएको छ । यो अभियान मंसिर १५ गतेसम्म चल्ने र अभियान लिएर जिल्ला-जिल्ला पुग्ने पत्रकार महासंघले जनाएको छ ।

सभासदहरुलाई ह्वीप लगाउन नहुने

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय लोकतान्त्रिक गणतन्त्रसम्बन्धी विषय बाहेक अन्य विषयमा सभासदहरुलाई ह्वीप लगाउन नहुने बताउनु भएको छ । वाणिज्य तथा आपुर्तिमन्त्री समेत रहनु भएको अध्यक्ष महतोले नेपाल पत्रकार महासंघको ज्ञापनपत्र बुझ्दै संघीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा कोही पनि जान नसक्ने बताउनुभएको हो । संविधानसभाको मुख्य काम संविधान निर्माण गर्नु रहेको भन्दै मन्त्री महतोले अन्य काममा अल्झिनुको कुनै अर्थ नरहने जिकिर गर्नुभयो ।
 
महतोले समयमै नयां संविधान निर्माण नभए तेस्रो मधेश आन्दोलनका लागि तयार रहन सबैलाई आग्रह गर्नुभयो । यस्तै आजै पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाको टोलीले मधेशी जनअधिकार फोरमका महासचिव रामसहाय प्रसाद यादवलाई पनि ज्ञापन पत्र बुझाएको छ । फोरम महासचिव यादवले महासंघले उठाएका मागमा ऐक्यवद्धता जनाउनुभयो । पत्रकार महासंघले संविधान निर्माणमा ढिलाई भएको भन्दै ध्यानाकर्षण गराउन संविधानसभामा रहेका सबै दलहरुलाई ज्ञापनपत्र बुझाउने जनाएको छ । महासंघले हिजो नेपाली कांग्रेसलाई ज्ञापनपत्र बुझाएको थियो ।

सेना समायोजन विशेष समिति बिघटन नहुने

सरकारले गठन गरेको सेना समायोजन विशेष समिति बिघटन नहुने उपप्रधानमन्त्री तथा गृह मन्त्री वामदेव गौतमले बताउनुभएको छ । राजधानीमा आज भएको एक कार्यक्रमपछि साचारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गौतमले समिति विघटन नभएर पुनर्गठन हुन सक्ने बताउनुभएको हो । उपराष्ट्रपति परमानन्द झाले सेना समायोजन समितिलाई असंवैधानिक भनि टिप्पणी गर्नुभएकोमा गहमन्त्री गौतमले आपत्ति जनाउनुभएको छ । उहाले सेना समायोजन समिति संवैधानिक भएको दावी गर्नुभएको छ ।मन्त्री गौतमले सेना समायोजन समिति गठनप्रति बढिरहेको असन्तुष्टि राजनीतिक सहमतिका आधारमा टुंगो लाग्ने बताउनुभएको छ ।

सरकार सबै दलबीच सहमति कायम गर्छ

सुचना तथा संचारमन्त्री कृष्णबहादुर महराले सरकार सबै दलबीच सहमति कायम गरेर सहकार्यका साथ अघि बढ्न तयार रहेको प्रस्ट पार्नुभएको छ । हातेमालो मिडिया सर्भिसेजले राजधानीमा आज गरेको कार्यक्रममा बोल्दै संचारमन्त्री महराले सहमती र सम्झौता अनुसार नै सहकार्य हुने बताउनुभएको छ । दलहरुबीच सहकार्य हुन नसक्दा संविधान निर्माणमा ढिलाई भैरहेको महराको भनाई छ । मन्त्री महराले माओवादी सेना र नेपाली सेनाको समायोजन नयां आधारमा गरिनुपर्नै बताउनु भयो । कार्यक्रममा बोल्दै माओवादी सचेतक दीनानाथ शर्माले शान्ति अग्रगमन र संविधान निर्माण अहिलेको प्रमुख चुनौती भएकोले सबै दलबीच एकता आवश्यक भएको बताउनु भयो ।
 
कार्यक्रममा बोल्दै एमाले नेता भरतमोहन अधिकारीले सेना समायोजन विशेष समितिको बारेमा भोलिसम्म सहमति कायम हुने र समितिमा कांग्रेस पनि सहभागी हुने दावी गर्नुभएको छ । कांग्रेस नेता नरहरि आचार्यले सरकारको मुख्य काम संविधान निर्माण भएकाले त्यसको व्यवस्थापनमा ध्यान पुर् याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।कार्यक्रममा मिडिया सर्भिसेजले विभिन्न व्यक्तित्वलाई हातेमालो मिडिया सम्मान प्रदान गरेको छ । मिडिया सर्भिसेजले पत्रकारिता क्षेत्रबाट एबीसी टेलिभिजनका निर्देशक तथा समाचार प्रमुख शुभसंकर कंडेल साहित्यतर्फ नवराज लम्साल चलचित्र तर्फ नायक निखिल उप्रेति समाजसेवीका तर्फबाट बसन्त मरहठ्ठा पर्यटन तर्फ खुमबहादुर सुवेदी र महिला समाजसेवि तर्फ भवानी राणालाई सम्मान गरेको छ । उहाहरुलाई संचारमन्त्री कृष्णबहादुर महराले सम्मानपत्र दिनुभएको थियो ।