Friday, November 7, 2008

नेपाली कांग्रेस र तराई मधेश लोकतान्त्रिक पार्टीका सभासद्हरुले सेना समायोजन विशेष समिति खारेज गर्न माग गरेका छन् ।

नेपाली कांग्रेस र तराई मधेश लोकतान्त्रिक पार्टीका सभासद्हरुले सेना समायोजन विशेष समिति खारेज गर्न माग गरेका छन् । आज बसेको व्यवस्थापिका संसदको बैठकले कांग्रेस र तमलोपाका सभासद्हरुले केही समय अघि कांग्रेसको सहभागिता विना गठन भएको समायोजन समिति खारेज गर्न माग गरेका हुन् । बैठकमा तमलोपाका सभासद्हरुले विशेष समिति विघटन गरेर संविधान अनुसार तत्काल विशेष समिति गठन गर्न माग गरे । तमलोपाका सभासद् हृदयेश त्रिपाठीले उपराष्ट्रपतिको अभिव्यक्तिप्रति कांग्रेस र एमालेले गरेको टिप्पणीप्रति आपत्ति जनाउदैं कानुनको ज्ञाताले बोलेको कुरा सबै ठीक रहेको दाबी गर्नुभयो । उहाले तमलोपाले उठाएका माग सरकाले पूरा नगरे शनिबारदेखि संसद चल्न नदिने चेतावनी दिनुभयो । बैठकमा विशेष समय माग गरेर बोल्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले माओवादीले नै शान्ति प्रकि्रया र विगतका सहमति उल्लंघन गर्ने गरेको आरोप लगाउनुभयो । तर माओवादी सभासद् खड्गबहादुर विश्वकर्माले विगतमा भएका सहमति र सम्झौता उल्लंघन गर्ने काम पहिले कांग्रेसले नै गरेको दाबी गर्नुभयो । उहाले उपराष्ट्रपतिले आफूले दिएको अभिव्यक्तिबारे संविधान सभालाई जवाफ दिनुपर्ने बताउनुभयो । एमाले सभासद् रविन्द्र अधिकारीले संविधान बनाउने काममा ढिलाई गर्न सभासद्हरुले नै लागेको बताउनुभयो । संविधान निर्माण गर्ने र शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउने काममा पक्ष-प्रतिपक्षभन्दा पनि सहमतिको भूमिका निर्वाह गर्नुपर्ने सभासद् अधिकारीको भनाई थियो । संसदको बैठकमा विनियोजन विधेयकअन्तर्गत छलफलका क्रममा उठेका प्रश्नको जवाफ संबन्धित मन्त्रीहरुले दिने कार्यक्रम छ ।

एमाले महासचिव झलनाथ खनालले सेना समायोजनका विषयमा माओवादी र कांग्रेसले विवाद उत्पन्न गर्नु गलत भएको बताउनुभएको छ ।

एमाले महासचिव झलनाथ खनालले सेना समायोजनका विषयमा माओवादी र कांग्रेसले विवाद उत्पन्न गर्नु गलत भएको बताउनुभएको छ ।प्रजातान्त्रिक राष्ट्रिय युवा संघ काभ्रेको सातौ जिल्ला सम्मेलनको आज काभ्रेको भकुण्डेमा उद्घाटन गर्दै महासचिव खनालले यस्तो बताउनुभएको हो । उहाले सेना समायोजनका लागि यसअघि दलहरुबीच भएको ७ बुदे सहमतिअनुसार नै सेना समायोजन हुनुपर्ने बताउनुभयो । महासचिव खनालले सेना समायोजनका लागि दलहरुबीचको सहमति बनिनसक्दै सरकारले विशेष समिति बनाएकाले सेना समायोजनको विषयमा विवाद उत्पन्न भएको बताउनुभयो । सेना समायोजन गर्नु हुदैन भन्ने कांग्रेसको भनाई र सबै माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्नुपर्छ भन्ने माओवादी भनाई दुवै सात बुदे सहमतिविपरित भएको महासचिव खनालको टिप्पणी थियो । संविधानसभा नियमावली चाडैं बन्ने जानकारी दिदै महासचिव खनालले त्यसपछि तुरुन्तै नया संविधान लेखन प्रकि्रया सुरु हुने जानकारी दिनुभयो ।