नेपाल कम्युनिष्ट पार्टीएमालेका महासचिव झलनाथ खनालले क"ग्रेस सहितको सहभागितामा सेना समायोजन विशेष समितिको टुंगो एक दुइ दिनभित्रै लाग्ने बताउनुभएको छ । प्रेस चौतारी बाँकेले नेपालगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले महासचिव खनालले विशेष समितिको सदस्य संख्यामा समेत हेरफेर हुनसक्ने बताउनु भयो । आजदेखि नेपालगंजमा सुरु हुने मध्यपश्चिम क्षेत्रस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्न नेपालगंज पुग्नुभएका महासचिव खनालले माओवादी लडाकुलाई समायोजन गर्न का"ग्रेस नीतिगत रुपमा सहमत भएको र का"ग्रेस सहितको विशेष समितिको अन्तिम रुप दिन प्रधानमन्त्रीलाई जिम्मा दिईएको बताउनु भयो । एक अर्को प्रसंगमा महासचिव खनालले माओवादी सेनाका कमाण्डर पासाङ्ग प्रधान सेनापति बन्न असम्भव रहेको बताउनु भयो । केही दिन पहिले स्थायी समिति सदस्य एवं गृह मन्त्री वामदेव गौतमले सेना समायोजनपछि पासाङ नेपाली सेनाको प्रधानसेनापति बन्न सक्ने बताउनु भएको थियो । त्यसलाई खण्डन गर्दै महासचिव खनालले एउटा लडाकु शक्तिका प्रमुख नेपाली सेनाको प्रमुख बन्ने कुरा असम्भव भएको बताउनु भयो । संविधानसभाको निर्वाचनमा आफुले अपेक्षा गरे अनुरुप परिणाम नआएकोले वैचारिक र राजनीतिक रुपले पार्टीलाई शुद्धिकरण गरेर दुइ वर्षभत्र नेकपा एमालेलाई देशकै ठूलो पार्टीका रुपमा स्थापित गर्ने दाबी पनि उहा"ले गर्नुभयो ।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment