Wednesday, November 12, 2008

संविधान सभा अध्यक्ष सुवास नेम्वाङले आगामी मंसिर १० गतेदेखि संविधान निर्माणको कार्यतालिका सार्वजनिक हुने बताउनुभएको छ ।

संविधान सभा अध्यक्ष सुवास नेम्वाङले आगामी मंसिर १० गतेदेखि संविधान निर्माणको कार्यतालिका सार्वजनिक हुने बताउनुभएको छ । गौरमा आजदेखि शुरु भएको मध्यमान्चल महोत्सवको उद्घाटन गर्दै अध्यक्ष नेम्वाङले कात्तिक २९ गते संविधान सभा नियमावली पारित भएपछि संविधान निर्माण प्रकि्रया शुरु हुने जानकारी दिनुभयो । अध्यक्ष नेम्वाङले मुलुकमा धर्मनिरपेक्ष र समावेशी नेपाल निर्माण गर्ने संविधान बनाउन अब कसैलै रोक्न नसक्ने ठोकुवा गर्दै जनताले फेरी पनि आन्दोलन गर्नु नपर्ने गरी संविधान निर्माण हुने बताउनुभयो । समयमा संविधान नबने दोश्रो जनान्दोलनको मूल लक्ष्य प्राप्त हुन नसक्ने नेम्वाङको भनाई थियो । सभाध्यक्ष नेम्वाङले देशको मूल अभियान संविधान निर्माणको लक्ष्यमा सहभागी हुन उद्यमी व्यवसायीलाई पनि आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले व्यापारका लागि शान्ति सुरक्षा अनिवार्य रहेको बताउनुभयो । मध्यमान्चल महोत्सवमा २ सय ५ वटा व्यापारिक स्टल राखिएका छन् ।

No comments: