Saturday, November 8, 2008

पत्रकार महासंघको ज्ञापनपत्र संविधानसभा अध्यक्ष सुभाष नेम्वाङलाई

नेकपा एमाले महासचिव झलनाथ खनालले दलहरुमा राष्ट्रिय हितभन्दा अत्माकेन्द्रित चिन्तन देखा परेकाले संविधान निर्माण प्रक्रियामा ढिलाई भएको बताउनुभएको छ । नयाँ संविधान निर्माण प्रक्रिया अघि बढाउने उद्देश्यले दवाव दिन नेपाल पत्रकार महासंघले दिएको ज्ञापनपत्र बुझ्दै महासचिव खनालले संविधानसभा निर्वाचनपछिको समय उपयोगी बन्न नसकेको बताउनुभयो । महासचिव खनालले नयाँ संविधानमा प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासंघले आज मधेशी जनअधिकार फोरम र सद्भावना पार्टीलाई पनि ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै सद्भावना पार्टीका अध्यक्ष एवम् उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री राजेन्द्र महतोले संविधान निर्माण प्रक्रिया शुरु नभए तेस्रो जनआन्दोलन हुनसक्ने चेतावनी दिनुभयो । महासंघले यस अघि कँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र संविधानसभा अध्यक्ष सुभाष नेम्वाङलाई ज्ञापनपत्र बुझाइसकेको छ ।।

No comments: