Monday, November 10, 2008

आजको व्यवस्थापिका बैठकमा नेपाली कांग्रेस अघि सारेका मागका प्रधानमन्त्री प्रचण्डले सरकारको धारणु राख्दै हुनुहुन्छ ।

आजको व्यवस्थापिका बैठकमा नेपाली कांग्रेस अघि सारेका मागका प्रधानमन्त्री प्रचण्डले सरकारको धारणु राख्दै हुनुहुन्छ । नेपाली कांग्रेसले दलहरुबीच भएका सहमति कार्यान्वयन गर्नुपर्ने माओवादीले कब्जा गरेका घरजग्गा फिर्ता हुनुपर्ने लगायत नौबुँदे शर्त राखी सरकारको धारणु माग गरेको छ । यसैबीच संविधानसभा व्यवस्थापिकाको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले सम्हालेका मन्त्रालयका लागि विनियोजित बजेटमाथि सभासदहरुले उठाएका प्रश्नको जवाफ दिँदै हुनुहुन्छ । उहाँले महिला तथा बालबालिका र भूमि सुधार मन्त्रालयमा विनियोजित बजेटमाथि पनि सभासदका प्रश्नको जवाफ दिनुहुने भएको छ । यसैगरी परराष्ट्रमन्त्रालयका लागि विनियोजित बजेटमाथि सभासदका प्रश्नको जवाफ मन्त्री उपेन्द्र यादवले दिनुहुने भएको छ । संविधानसभा व्यवस्थापिकाको बैठक अहिले केहिबेरमा बस्दैछ । व्यवस्थापिकाको बैठक सकिएपछि आजै संविधानसभाको बैठक पनि बस्दै छ । आजको बैठकमा संविधानसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल हुने छ । आजको बैठकमा नियमावली मस्यौदा समितिका संयोजक नारायण्ँमान विजुक्छेले नियमावलीमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ । नियमावलीमाथि सामान्य छलफलपछि संशोधनका लागि म्याद दिइने संविधानसभा सचिवालयले जनाएको छ । संविधानसभाको पूण्र् बैठकले नियमावली पारित गरेपछि संविधान बनाउने प्रकृया सुरु हुन्छ ।

No comments: