Wednesday, November 12, 2008

सरकारद्वारा विभिन्न स्रोतबाट आम्दानी गर्ने व्यक्तिका बारेमा गोप्य सूचना संकलन, कर छल्ने र आम्दानी लुकाएका व्यक्तिहरुलाई कानुनी कारबाहीको तयारी

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो जनआन्दोलन दवाउने क्रममा स्थानीय निकायहरुबाट राष्ट्रिय ढुकुटी दुरुपयोग भएको सम्वन्धमा छानविन गर्न अनुसन्धान अधिकृत तोकेको छ । अख्तियारले मंगलवार बिज्ञप्ति जारी गरि रायमाझी आयोगको प्रतिवेदनका आधारमा जनआन्दोलन दवाउने क्रममा राष्ट्रिय ढुकुटी दुरुपयोग गर्ने स्थानीय निकायका सम्वन्धमा छानविन गर्न प्रतिनिधि तोकेको जनाएको छ । आयोगले उन्नाइस जिल्ला बिकास समितिका तत्कालिन सभापति, आठ नगरपालिकाका प्रमुख, बाह्र नगरपालिकाका कार्यकारी अधिकृत र एक नगरपालिकाको उपप्रमुख लगायतका ब्यक्तिहरुका सम्वन्धमा अनुसन्धान गरि प्रतिवेदन पेश गर्न दस जना अनुसन्धान अधिकृत तोकेको छ । यसैगरि अख्तियारले सरकारका सबै निकायमा पत्र, टिप्पणी एव निर्णर्य गर्दा दस्तखत गर्ने अधिकारीले दस्तखत मुनि अनिवार्य रुपमा आफ्नो नाम तथा पद लेख्ने ब्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई निर्देशन दिएको छ । अख्तियारले र्सार्वजनिक संस्थानमा कर्मचारी छनौटमा स्वच्छ, स्वस्थ र निष्पक्ष रुपमा सम्पादन गर्न छाता कानुन र स्वतन्त्र एव प्रभावकारी आयोग गठनको ब्यवस्थ्ाा मिलाउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ध्यानाकर्ष्ाण गराएको छ ।।

सरकारले समाजमा विभिन्न स्रोतबाट आय आर्जन गरेर करका दायरामा नपरेका सबै खालका व्यक्तिहरुको बारेमा सूचना संकलन गरिरहेको छ । सूचनाको आधारमा उनीहरुमाथि निगरानी राख्ने र आवश्यक प्रक्रिया अघि बढाउनेतर्फअर्थमन्त्रालय गम्भिर भएको छ ।

No comments: