संविधान निर्माणमा कि्रयाशिल हुन दबाब दिन पत्रकार महासंघले आजै एमालेलाई पनि ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै एमाले महासचिब झलनाथ खनालले दलहरुकै असहमतीका कारण सिबंधान निर्माणमा ढिलाई भएकॊ बताउनुभएको छ । महासचिब खनालले दलहरुमा आत्म केन्द्रीत चिन्तन रहेको स्वीकार गर्नुभयो । उहाँले संबिधानसभा निर्बाचनपछिको सात महिना उपयोगबिहिन भएकामा आफुलाई दुःख लागेको बताउनुभयो । संबिधानसभा नियमावलीको टुङ्गो लागेपछि तत्काल संबिधान निर्माण प्रकि्रयाले गति पाउने महासचिब खनालको भनाई थियो ।
ज्ञापनपत्र बुझाउँदै नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले अब बन्ने संबिधानमा प्रेस स्वतन्त्रतालाई अपरिवर्तनिय धाराको रुपमा राख्न महासचिब खनालसंग आग्रह गर्नुभएको थियो । महासचिब खनालले एमाले संधै प्रेस स्वतन्त्रताको पक्षमा रहेको र आगामी दिनमा पनि रहने आश्वासन दिनुभएको छ । संबिधान निर्माणमा ढिलाई भएको भन्दै महासंघले यहि कात्तिक २० गतेदेखि बिभिन्न राजनितिक दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएर सजग गराउँदै आएको छ । यो अभियान मंसिर १५ गतेसम्म चल्ने र अभियान लिएर जिल्ला-जिल्ला पुग्ने पत्रकार महासंघले जनाएको छ ।
No comments:
Post a Comment