Monday, November 10, 2008

सरकारले राजनीतिक नियूक्ति हचुवाको भरमा गरेको माओवादी र एमालेको उच्चस्तरीय समितिको निष्कर्ष

नेकपा माओवादी र नेकपा एमालेले सरकारले विभिन्न क्षेत्रमा हालै गरेको राजनीतिक नियुक्ती हचुवाको भरमा गरेको ठहर गरेका छन् । उनीहरुले नियुक्तीका सम्बन्धमा र्पुन विचार गरी सहमतिको आधारमा राजनीतिक नियुक्ती गर्न माग गरेका छन् । माओवादी संसदिय दलको कार्यालयमा आज बसेको दुइ दलको उच्चस्तिरिय समितिको बैठकले सात दलबीच विगतमा भएको सहमति अनुसार नै सेना समायोजन समिति गठन हुनु पर्नेमा जोड दिएको छ । बैठकमा माओवादीका तर्फ बाट नेता मोहन बैद्य, कृष्णबहादुर महरा र दिनानाथ शर्मा रहनुभएको छ भने एमालेका बरिष्ठ नेता माधव नेपाल, भरतमोहन अधिकारी र भीम रावल सहभागि हुनुुहुन्छ ।।

No comments: