Monday, November 10, 2008
विश्वकै सवै भन्दा लामो खुट्टाभएकी महिलाको उपाधि रुसमा जन्मेर स्पेनमा बसावास गर्दै आएकी स्भेतलाना पान्क्राटोभालाई
विश्वकै सवै भन्दा लामो खुट्टा भएकी एक महिलालाई अमेरिकाको न्यूयोर्क शहरमा एक कार्यक्रमबीच गिनिज वर्ल्ड रेकर्ड्सले प्रमाणपत्र प्रदान गरेको छ । रुसमा जन्मेर स्पेनमा बसावास गर्दै आएकी स्भेतलाना पान्क्राटोभाको खुट्टाको लम्वाई बाउन्न इन्च अर्थात एक सय बत्तिस सेन्टिमिटर रहेको छ । चार फिट भन्दा लामो आपनो खुट्टाहरु भएतापनि पान्क्राटोभा विश्वकै सवैभन्दा अग्ली महिला भने बन्न नसकेका गिनिज बुकका आयोजकहरुले बताएका छन् । पान्क्राटोभाले विभिन्न अठार देशका दुइ लाख भन्दा बढी प्रतियोगिहरुलाई हराउँदै गिनिज बुक अफ बर्ल्ड रेकर्ड्समा आप\mनो नाम लेखाउन सफल भएकी हुन् । यसअघि विश्वकै सवै भन्दा लामो खुट्टाभएकी महिलाको उपाधि अमेरिकाको इण्डियाना राज्यमा बस्दै आएकी सान्डी एलनेले प्राप्त गरेकी थिइन् । उनको खुट्टाको लम्वाई उनान्चास इन्च अर्थात एक सय चौविस दशमलव पाँच सेन्टिमिटर रहेको थियो ।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment